काठमाडौं, ५ साउन । पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न प्रमुख विपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
ललितपुरको तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो । बैठक ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
सोमबार बसेको एमालेको बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी ओली समूहका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । केन्द्रीय कमिटीमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।











प्रतिक्रिया