
काठमाडौँ, ४ साउन । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएका छन् ।
सोमबार भण्डारीले सञ्चार सचिव हरि बस्याँलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।
उनले सञ्चार मन्त्रालयमै पुगेर सञ्चार सचिवलाई भेटेका थिए । त्यस्तै, भण्डारीले आफ्नो ३२ महिने कार्यकालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए ।
उनले आफूलाई अघिल्लो सरकारले नियुक्त गरेको र नैतिक रुपमा राजीनामा दिएको बताए ।
आफ्नो कार्यकालमा सन्तुष्ट रहेका उनी आफूलाई कलमजिवी ठान्छन् । र बाँकी समय पनि लेखनमै बिताउने उनको इच्छा छ ।
त्यस्तै, आजै उनले संस्थानबाट पाएका मोबाइल र ल्यापटप फिर्ता गरेर कार्यालयबाट विदा भएका छन् ।












प्रतिक्रिया