१६ कार्तिक २०८३, सोमबार

बाढी पहिरो प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । सरकारले बाढी पहिरोबाट ग्रस्त सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

उनले भने– ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरूलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ ।

साथै अनुदानमा खोप माग गर्ने पनि सरकारले निर्णय गरेको मन्त्री कार्कीले बताए । त्यस्तै, मुस्लिम समुदायको बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।