१६ कार्तिक २०८३, सोमबार

सरकारद्वारा स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । सरकारले साढे २ वर्षपछि स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

आजै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्यही सिफारिसका आधारमा डा. पोखरेल नियुक्त भएका हुन् । यससँगै लामो समयदेखि रिक्त रहेको स्वास्थ्य सेवातर्फको सचिव पद पूर्ति भएको छ ।