४ कार्तिक २०८३, बुधबार

भारतको नयाँदिल्लीतर्फ उडेको स्पाईसजेट विमानमा बम भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SpiceJet_Boeingकाठमाडौं, २५ चैत । भारतको नयाँदिल्लीका लागि विमानस्थलबाट उडेको स्पाईसजेट विमानमा बम भेटिएको खबरहरु सार्वजनिक भएका छन् ।

बुधबार भारतको कलकत्ताबाट राजधानी नयाँदिल्लीतर्फ उड्न लागेको विमानमा बम भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा सवार यात्रु विमान उड्नै लाग्दा बम जस्तो बस्तु देखेर चिच्याएपछि बम भेटिएको खबर फैलिएको हो ।

तर, कोलकत्ता प्रहरीले भने विमानमा बम नभेटिएको दाबी गरेको छ । विमानमा सवार महिलाले आफ्नो झोलामा अनौठो बस्तु देखेपछि चिच्याएर बम जस्तो भेटिएको बताएकी थिईन् ।

प्रहरीले चेकजाँच गर्दा उनको बम नभई एमपी थ्री क्यासेट भेटिएको प्रहरीले जनाएको छ । ती महिलाले बम भेटिएको हल्ला गरेपछि ९० मिनेटसम्म विमानस्थलमा उडान ठप्प भएको थियो ।

अहिले उक्त विमानस्थलमा उडान सूचारु गरिएको भारतीय वायु सेवा निगमका प्रवक्ता चन्द्रलाल विडारीले जानकारी दिएका छन् । यसअघि पनि विमानमा बम भेटिएको खबर आएको थियो । एजेन्सी