
काठमाडौँ, ४ साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
सोमबार ट्वीटरमार्फत उनले प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि खानले सोमबार पाकिस्तानी प्रधानमन्त्री खानले देउवालाई बधाई दिएका हुन् ।
उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् ।
आइतबार बेलुका विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई बधाई दिएका थिए ।













प्रतिक्रिया