८ कार्तिक २०८३, आइतबार

सुनका मूल्य २०० रुपैयाँले बढ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।