८ कार्तिक २०८३, आइतबार

वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने भएको हो । एमालेभित्रको विवाद झन् जटिल बन्दै गरेको बेला उपाध्यक्ष भीम रावलले आइतबार नै अनैतिक खेलबाट दिक्क लागेको भन्दै सांसद पदबाट राजीनामा दिएका छन् ।

रावल एमसीसीको विरुद्धमा रहेका छन् । यो सरकारले एमसीसी पास गरेर देशलाई समस्यामा पार्ने कारण पनि राजीनामा दिएको बुझिएको छ ।

रावलले प्रधानमन्त्रीमा नियूक्त भएको पहिलो दिनमै गच्छद्धारले छुट्करा पाउनु हिजोको संदनमा देउवाले रेशम चौधरीको नाम लिनु तथा देउवाले भन्दै आएको आलमलाई छुटाउन खोज्नु यी सबै देखिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यता उपाध्यक्ष गौतमले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने गरी सरकारमा सहभागी हुने बुझिएको छ ।

यसअघि कार्यकर्तामा उपस्थित भएर अब आफूले अध्यक्ष केपी शर्मा ओलीको साथमा फर्किएको बताएका उनी नै सरकारमा सहभागी हुने बुझिएको छ । गौतमलाई पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्भिन्स गरेको बुझिएको छ ।