
– सुशिल नेपाल
पाल्पा २५ चैत । चर्चित लोकगायक खुमन अधिकारी यतिबेला युकेका विभिन्न सहरहरुमा धमाका मच्चाउँदै छन् । युकेका विभिन्न सहरहरुमा आफनो प्रस्तुतिका लागि उनी अप्रिल ४ मा युके प्रस्थान गरेका हुन् ।
युकेको लण्डन लगायतका ६ बटा सहरहरुको कार्यक्रममा उनको बेझोड प्रस्तुति रहनेछ । ‘केही सहरमा भइसक्यो भने केही मा हुन बाँकी छ, उनले भने ‘मे ४ तारिकसम्म मेरो बसाई युकेमा रहनेछ ।’ उनलाई चर्चित लोकगायिका देबी घर्तिले साथ दिइरहेकी छिन् ।
पछिल्लो समयमा गायक अधिकारीको माग बिदेशमा पनि बढदै गइरहेका छ । नेपालबाट रोजगारीका लागि बिदेशमा गएका नेपाली बिभिन्न समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् । यस्ता कार्यक्रमले कलाकारहरुलाई निकै राहत मिल्ने अधिकारीले बताए ।

















प्रतिक्रिया