
काठमाडौँ, ३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
हालसम्म बधाई नदिएका मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै ट्वीटरमार्फत बधाई ज्ञापन गरेका छन् ।
मोदीले बधाई दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्दै जनस्तरदेखिकै गहिराे सम्बन्धलाई थप सदृढ बनाउन तथा सबै क्षेत्रकाे साझेदारीलाई अघि बढाउन इच्छुक रहेको उल्लेख गरेका छन् ।













प्रतिक्रिया