
काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा छलफलमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै देउवाले अहिलेको पहिलो दोस्रो तेस्रो प्राथमिकता भनेको खोप रहेको बताए ।
उनले विकास आवश्यक रहेको छ, तर जीवन झन् आवश्यक रहेको बताए । उनले भने, ‘विकास इज इम्पोर्टन्ट, लाइफ इज मोर इम्पोर्टन्ट ।’












प्रतिक्रिया