
काठमाडौँ, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग नखेल्न चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका हुन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्फ इंगित गर्दै माओवादी आन्दोलन केही होइन भन्ने नसोच्न चेतावनी दिएका हुन् ।
प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔँ ।’
त्यस्तै, उनले ओलीलाई आफ्नो अहंकार र दम्भले यस्ता घटना निम्त्याएको आशय व्यक्त गरे । उनले भने, ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’












प्रतिक्रिया