१६ कार्तिक २०८३, सोमबार

थप १८ सय जनामा कोरोना संक्रमण, २३ को मृत्यु, १६ सय ६७ निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६२८ र एन्टिजेन विधिबाट ३ हजार एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ जना रहेको छ ।

२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५५० जना पुगेको मन्त्रालयले जनाएको छ ।