८ कार्तिक २०८३, आइतबार

ओली सरकारले गरेको राजदूत नियुक्ति सिफारिस देउवाले गरे खारेज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस देउवा सरकारले खारेज गरेको छ ।

यसअघि ओली सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरेको थियो । तर, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको हो ।

‘स्रोतका अनुसार संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषदबाट भएका सबै निर्णय खारेज गरिएको छ । त्योसँगै राजदूत नियुक्तिको सिफारिस पनि खारेज भएको हो ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको अवस्थामा सिफारिस खारेज गरेर झन अस्तव्यस्त बनाइएको छ ।