८ कार्तिक २०८३, आइतबार

आजकै बैठकबाट विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित संसदको आज बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गरेका छन् ।

स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।
ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने अवस्थालाई दृष्टिगत गर्दै देउवाले आजै विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।

यसैबीच सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १७१ सांसदमध्ये १३६ जनाको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादीसँग ११० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै lछन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।