३० आश्विन २०८३, शुक्रबार

‘मेरो गोरुको बाह्रै टक्का’पछि टाढिने दिशामा ओली-नेपाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे ।

तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे ।

पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५–५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्धन्द्धले स्थिति संलिसकेको छैन ।

एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्धन्द्ध समाधन गर्न अनेकन प्रयत्न भए । तर एमाले न फुट्न सकेको छ, न जुट्न नै सकेको छ ।

दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर बनेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।