
काठमाडौं, ३ साउन । प्रतिनिधिसभाको संसद सचिवालयमा कार्यरत तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटासहित ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा तीन जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो । पोजिटिभ देखिएका कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।
संघीय संसदको नवौँ अधिवेशन आज आइतबारदेखि शुरू हुँदै छ । आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ ।
संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको शmुत्रबार र शनिबारएन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।















प्रतिक्रिया