
काठमाडौं, ३ साउन । नेकपा एमालेको भोलि बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्न आज आइतबार स्थायी कमिटी बैठक बस्दैछ ।
आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । यसअघि तय भएको बैठक पार्टी एकताका लागि प्रयास गर्ने भन्दै रोकिएको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बोलाइएको छ ।
अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ । तर माधव नेपालले विश्वासको मत दिने बताइसकेका छन् ।















प्रतिक्रिया