
काठमाडौँ, २ साउन । जसपाको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी हुन ७ मन्त्री र एक राज्यमन्त्री माग गरेको छ ।
त्यस्तै, सो पक्षले संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।
दुई पक्षमध्ये शनिबारको बैठकमा महन्थ ठाकुर पक्षबाट समेत ५ जना सांसदहरु यादव पक्षमा सहभागी भएका थिए ।
आफ्नो पार्टीको विवाद निर्वाचन आयोगबाट सुल्झिएपछि सरकारसँग न्युनतम सहमति बनेको खण्डमा सरकारमा जाने सो पक्षको तयारी रहेको छ ।












प्रतिक्रिया