
काठमाडौं, २ साउन । सेन्ट्रल अफ्रिकन गणतन्त्र (मिनुस्का) र माली (मिनुस्मा)मा नेपाली शान्ति सैनिकहरूको अदली बदली शुरू भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्का मिशन ‘कार’मा तैनाथ सैनिक प्रहरी युनिट शान्ति सेनाको छैठौं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा सैनिक प्रहरी युनिट शान्ति सेना सातौं डफ्फाको ७२ जना नेपाली शान्ति सैनिक मिशन इलाकातर्फ प्रस्थान गरिसकेको छ ।
त्यस्तै मिनुस्मा मिशन मालीमा तैनाथ ईओडी गुल्म (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी संगीत पुनको कमाण्डमा ईओडी गुल्म (शान्ति सेना) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक हिजो साउन १ गते मिशन इलाकातर्फ प्रस्थान गरेका छन् ।
त्यस्तै मिनुस्का तथा मिनुस्मा मिशनबाट आफ्नो कार्यकाल समाप्तीपश्चात नेपाली शान्ति सैनिकहरुको टोली भोलि आइतबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको जानकारी सेनाले दिएको छ ।















प्रतिक्रिया