२९ आश्विन २०८३, बिहिबार

बेल्जियममा रहेका गंगा शर्माद्वारा एनआरएनए आइसीसीमा उम्मेदवारी घोषणा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । बाग्लुङमा जन्मिएर बेल्जियमलाई कर्मथलो बनाएका गंगाप्रसाद शर्माले आगामी निर्वाचनका लागि एनआरएनएको आईसीसी सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

‘एक पटकको नेपाली, सधैंंको नेपाली’ भन्ने ग़ैरआवासीय नेपाली संघको अभियानमा क्रियाशील रहँदै संस्थाको दीगो आर्थिक मजबुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान आएका शर्माले आगामी निर्वाचनमा आइसीसी उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेको बताएका छन् ।

एनआरएनए बेल्जियम शाखाको कार्यसमितिमा रहेर काम गरेका शर्माले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, आगामी दिनमा पनि साधन, श्रोत र शक्तिले भ्याएसम्म बेल्जियममा बस्ने नेपालीहरुको हकहितमा लाग्ने जनाएका छन् ।

‘संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीँ धेरै व्यक्ति एउटै पदको आकांक्षी हुँदा संस्थागत हितलाई दृष्टिगत गर्दै प्रत्यासी साथीहरुको इच्छालाई सम्बोधन गर्दै आफुलाई एनआरएनएको सिपाहीको रुपमा राखी पहरेदारको भूमिका निर्वाह गर्दै आएको पनि बेल्जियमका नेपाली समाजमा जानकारी भएकै बिषय हो,’ शर्माले एक विज्ञप्ति निकाल्दै भनेका छन, ‘यसपटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियन्ता, समकक्षी साथीभाइलगायत धेरै शुभेच्छुकहरूको सल्लाह र सुझाब बमोजिम म यहाँहरु माझ आइसीसी उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।’