
रौतहट, २ साउन । नेपाली काँग्रेसका नेता रामाज्ञा यादवको निधन भएको छ ।
५० वर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनले करिब एक वर्षदेखि भरतपुरमा डायलासिस गराउँदै आएका थिए ।
उपचारकै क्रममा गएराति निधन भएको हो । यादवको आज शनिबार उनकै गाउँ रौतहटको बृन्दाबन नगरपालिका–८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।
गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।















प्रतिक्रिया