
धनुषा, २ साउन । प्रदेश २ सरकारमा आज नेकपा (माओवादी केन्द्र) पनि सहभागी हुने भएको छ ।
माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीको साथमा सरकारमा सहभागी हुनलागेको बताइएको छ । अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएपछि माओवादी केन्द्र सरकारमा जान लागेको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय भएको जानकारी दिएका छन् । आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।















प्रतिक्रिया