हुप्सेकोट, २ साउन । नवलपरासी (पूर्व) जिल्लाको दुर्गम स्थानको हुप्सेकोट गाउँपालिका–५ वाकखोर गाउँका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोका कारण उच्च जोखिममा रहेको गाउँका सर्वसाधारणलाई स्थान्तरण गरि हुप्सेकोट गाउँपालिका–१ जुकेपानी भन्ने स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार स्थान्तरण कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र सशस्त्र प्रहरी बल गुल्म नं ३१ का सुरक्षाकर्मीले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।
१८ घरका ७१ जना सर्वसाधारणलाई सुरक्षित स्थानमा शुक्रबार सारिएको छ ।











प्रतिक्रिया