४ कार्तिक २०८३, बुधबार

विद्यालयमा यौन दुव्र्यवहार हुन नदिन विशेष अभियान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentभक्तपुर, २५ चैत । जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यालयलाई हिंसा एवम् यौन दुव्र्यवहारमुक्त बनाउने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालयमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्ध कार्यालयले चैतको अन्तिमबाट जिल्लाव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाका विभिन्न विद्यालय स्रोत केन्द्रमा अभियान सफल पार्न समिति गठन गर्ने, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहितको बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने जनाएको हो ।

जिशिअ शर्माले भन्नुभयो– “विद्यालयमा हिंसा र यौन दुव्र्यवहार हुन नदिन विद्यालयका महिला शिक्षकलाई स्रोत व्यक्ति तोकेर छात्रछात्रालाई लैङ्गिक हिंसा र यौन दुव्र्यवहारबाट बच्ने उपायका बारेमा जानकारी दिइने छ ।”

विद्यालयमा हुने लैङ्गिक हिंसा तथा यौन दुव्र्यवहारका बारेमा ¥याली गर्ने, जनचेतनामूलक कार्य गर्ने जानकारी दिँदै उहाँले जिल्लाभरिका विद्यालयलाई यौन दुव्र्यवहारमुक्त बनाउन अभियानलाई प्रभावकारी बनाउने बताउनुभयो । रासस