
काठमाडौं, १ असार । नेपालमा पछिल्ला केही दिनयता क्रमशः घट्दै गएको कोरोना संक्रमित र मृतकको संख्या फेरि बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ जना पुगेको छ ।
यस्तै आज देशभर २ हजार ९३६ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन असार ३१ गते ३३ जना संक्रमितको मृत्यु भएको थियो भने २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको थियो ।
अघिल्लो दिनको तुलनामा आज शुक्रबार यो संख्या बढेको छ । केही दिनयता यस्तो संख्या क्रमशः बढ्दै गइरहेको छ ।















प्रतिक्रिया