
काठमाडौँ, १ साउन । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।
एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो ।
यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।
उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै लिंक घरबाटै गर्न सम्भव छ ।
यो योजना जुलाई १६ देखि ३१ सम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जो कोहीलाई लागु हुन्छ ।
उक्त अफरको बारेमा डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले बताए, “हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ । यस सेवामार्फत ग्राहक वर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ”।
प्राईम बैंक अकाउन्ट खल्तीसँग कसरी लिंक गर्ने ?
- खल्तीको होम स्क्रिनमा देखाइएको “मोर”अप्सनमा गई लिंक बैंक अकाउन्टमा ट्याप गर्ने
- उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
- आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
- अब रजिस्टर गरिएको मोबाइलमा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।















प्रतिक्रिया