८ कार्तिक २०८३, आइतबार

नेपाल पक्षका पाँचै जना नेताहरू स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट पार्टीको आन्तरिक एकता कार्यदलमा संलग्न पाँचै जना नेताहरू पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी स्थायी कमिटी बैठकमा उनीहरू सहभागी भएका हुन् ।

सहभागी हुने नेताहरूमा पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन् । उनीहरू पाँचै जना कार्यदलका सदस्य हुन् ।