८ कार्तिक २०८३, आइतबार

नेपाल पक्षका कार्यदल सदस्यहरू स्थायी कमिटी बैठकमा सहभागी हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू पनि सहभागी हुने भएका छन् ।

पार्टीभित्रको आन्तरिक एकता कायम गर्न बनेको कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू संस्थापनले आज बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेका हुन् ।

सोही कार्यदलले पार्टीभित्र १० बुँदे सहमति जुटाएको थियो । तर, लगत्तै सर्वोच्च अदालतले पार्टीलाई हानी पुर्याउने खालको फैसला दिएपछि सो सहमति अहिले सङ्कटमा परेको छ ।

यद्यपि, आज बस्ने बैठकमा सो सहमतिबारे छलफल हुने भएको छ । सोही छलफलमा भाग लिन नेपाल पक्षका नेताहरू बैठकमा सहभागी हुन लागेको एमाले उपाध्यक्ष डा. भीम रावलले जानकारी दिएका छन् ।