
बुटवल, १ साउन । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।
प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याइएको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको बताइएको छ ।
आज शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।
शुक्रबार सहमतिमा बजेट पास गर्न विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको छ भने शुक्रबार बिहानै २ वटा अध्यादेश जारी गरेको छ ।
राजकाज नै नचल्ने गरी अवरोध आएपछि अध्यादेश ल्याउनुपरेको लुम्बिनी सरकारको भनाइ छ ।















प्रतिक्रिया