८ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकको एक हजार अंकित तीस लाख कित्ता ऋणपत्र जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । माछापुच्छ्रे  बैंक लिमिटेडको एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र बिहीबारदेखि जारी भएको छ ।

वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपियाँ बराबरको ऋणपत्र जारी गरेको हो । नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु. १ अर्व २० करोड ऋणपूजी रकम सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिशत अर्थात ६०,००० कित्ता सामूहिक लगानी कोषका लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख कित्ता अर्थात कुल रु. १ अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ । ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।