२८ आश्विन २०८३, बुधबार

को-को कलाकारहरू छन् ठगी धन्दामा ? केकीका बाबुदेखि रेखा थापासम्मको बृत्तान्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badri-adhikari-keki-fathar

झन्डै एक करोड रुपैयाँ ठगी धन्दामा निर्देशक बद्री अधिकारी शुक्रबार पक्राउ परे । नायिका केकी अधिकारीका बाबु बद्रीले फिल्म बनाउनका लागि दुई महिलासँग उनले पैसा लिएका थिए । ज्यान हाजिर नामक फिल्म बनाउन उनले लिएको पैसा डेढ वर्षमा पनि तिरेनन् । खातामा पैसा नभएको चेक दिए । सो चेक पनि पटक पटक बाउन्स भएपछि महिलाहरूको घरबार तहसनहस भयो । तर, पनि अधिकारीले पैसा दिएनन् बरु जर्बजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको भन्दै अदालतमा उजुरी दिए ।

हिराकुमारी तामाङ र मिनाकुमारी भण्डारीलाई ९५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बौद्ध प्रहरीले पक्राउ गरेको हो । बाउन्स भएका चेकसहित पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । तर अदालतमा सोही विषयलाई लिएर अर्काे मुद्दा चलिरहेकाले उनलाई मुद्दा चलाउन भने प्रहरीले सकेन ।

अधिकारी मात्र होइन फिल्मी क्षेत्रमा ठगीका घटना धेरै रहेको स्रोत बताउँछ ।