काठमाडौं, ३१ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
माओवादी नेता चन्दले बिहीबार बिहान कोटेश्वरस्थित निवासमा नेता नेपालसँग भेटवार्ता गरेका हुन् । भेटमा कम्युनिस्ट आन्दोलन र गठबन्धनका विषयमा छलफल भएको बुझिएको छ ।
भेटवार्तामा माओवादी नेता धर्मेन्द्र बास्तोलाको पनि सहभागिता रहेको थियो ।











प्रतिक्रिया