४ कार्तिक २०८३, बुधबार

कञ्चनपुरमा ६ हजार मतदाता थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election-office– विनोद वावु विष्ट
महेन्द्रनगर, २५ चैत । कञ्चनपुरमा फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता कार्यक्रम २०७१ सम्पन्न भएको छ ।

फागुन १ गतेवाट सुरु भएको कार्यक्रममा २ हजार ५ सय ८६ जना महिला र २ हजार ५ सय ९५ जना पुरुष गरी ५ हजार १ सय ८१ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी केशव सिंह भण्डारीले जानकारी दिए ।

भीमदत्त नगरपालिकामा ९ सय १५ जना, बेलौरी नगरपलिकामा १ हजार ४ सय ५७ र पुर्नवास नगरपालिकामा १ हजार ४ सय ५६ जनाको नाम दर्ता गरिएको छ ।

यस्तै साविक झलारी गाविसमा ७२, साविक पिपलाडी गाविसमा ९२ जना, साविक दोधारा गाविसमा २ सय ४८ जना, साविक चाँदनी गाविसमा ९७ जना, सुडा गाविसमा ५२, दैजीमा ६९, कृष्णपुरमा १ सय ५, देखतभुलीमा १ सय ३३, बेल्डाँडीमा १ सय ३५, रौतेलीविचवामा ८०, रैकवारविचवा २९, बाइसेविचवामा १ सय ५३ र शंकरपुर गाविसमा ४७ जनाको नाम दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश बताए ।

मंसिर ४ मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा कञ्चनपुरको मतदाता संख्या दुई लाख पुगेको थियो । निर्वाचन कार्यालय कञ्चनपुरले दर्ता कार्यक्रम सँगै २०७१ पौष मसान्त सम्मको मतदाता नामावलीमा मतदाताहरुले पेस गरेको निवेदनको आधारमा त्रुटी सच्याउने कार्य समेत गरेको थियो ।

जिल्लाका प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा गरी ५७ ठाउमा दर्ता स्थल कायम गरी दर्ता कार्य कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय परिचय पत्र विभिन्न राष्ट्रिय निर्वाचन, जनमत संग्रह, स्थानिय निकायको निर्वाचन लगायत प्रयोजनका लागी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्य गरिएको हो ।

निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटी सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कामको वि. स. २०६७ भदौ २८ गते देखी नै थालनी गरेको हो ।

उमेरले १६ वर्ष पुगेपछी नागरिकता प्रमाणपत्र लिन र मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएपनि मतदाता वन्नका लागी १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।