१६ कार्तिक २०८३, सोमबार

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव महसुस गरेँः कृष्णगोपाल श्रेष्ठ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । मन्त्री कृष्णगोपाल श्रेष्ठले पाँच मन्त्रालयबाट बिदाई भएका छन् ।

मन्त्री श्रेष्ठले आज मंगलबार शिक्षा, विज्ञान तथा प्रबिधि, स्वाथ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयमा विदाई भएका हुन् ।

पछिल्लो समय स्वाथ्य मन्त्रालयको जिम्मेवार पाए लगत्तै कोभिड विरुद्धको खोप अभियान चलाएर १९ दिनमै चर्चा कमाएका मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा, विज्ञान तथा प्रविधि बाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपुर्ण काम गर्न सफल भएका छन् ।

अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपाहार स्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन सफल मन्त्री श्रेष्ठले चीनबाट करिब ४० लाख खोप खरिद गर्न स्म्झौता गरेका छन् । स्वाथ्य मन्त्रालयको कार्यभार सम्हाले लगत्तै यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका थिए । सम्झौता गरेको एकसाता भित्र ८ लाख डोज खोप आइसकेको छ । स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीको कारण काम गर्न सहज भएको बताए ।

त्यस्तै तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई लाई नगद पुरस्कार, वीर अस्पताल परिसरमा रहेको केन्द्रीय कोभिठ युनिफाइड अस्पताल सिलान्यास गर्न सफल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गरेका थिए ।

मन्त्री श्रेष्ठकै कार्यकालमा युवा परिषदको बैठक सम्पन्न भएकोे छ । नाष्टले युवा वैज्ञानिकलाई पुरस्कार वितरण, बैदेशिक रोजगार बोर्डको बैठक सम्पन्न गरेका छन् । सबै पुरस्कार प्रधानमन्त्री ओलीले प्रदान गरेका थिए ।

मन्त्री पदको कार्यभार सम्हालेलगत्तै सबै मन्त्रालयको जिम्मेवारी बाँडफाड गरेका थिए । गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले २ महिना १४ दिन शहरी विकास मन्त्रालयमा रहदा महत्वपुर्ण काम गरेका थिए ।

पुस १२ गतेबाट शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गरेका थिए ।

मन्त्री श्रेष्ठको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सहितका पदाधिकारी नियुक्ति गरेका थिए । त्यस्तै सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, दिल्लीरमण पुस्तकालय प्रमुख लगायत एकदर्जन बढी निकायका रिक्त पदाधिकारी नियुक्ति गरेका थिए ।

करिब ९ महिना शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाले शिक्षा क्षेत्रको विभिन्न महत्वपुर्ण काम गर्न सफल भएका थिए ।

आफूले गरेको कामको बारेमा जानकारी गराउदै मन्त्री श्रेष्ठले जे जस्तो काम गरे सबै मन्त्रालयका सचिव लगायत ककर्मचारीको सहयोगले सम्भाव भएको बताए ।

उनले भने, सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने सोच थियो, तर बकम समय भएकोले सम्भाव भएन, जति सम्पन्न गरे त्यसमा अति खुसी लागेको छ । पाँच मन्त्रालयबाट एबै दिन बिदाई हुँदा उनले सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । सबै मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटक पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु–मन्त्री श्रेष्ठले भने ।

यिबदाई कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफुले १ सय ४६ दिनसम्म काम गर्ने मौका पाउदा मन्त्रीसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएँ, उनले मन्त्रीको कार्यशैलीबाट आफु खुशी भएको प्रतिक्रिया दिँदै मन्त्रीको कारण शिक्षामा धेरै काम गर्न सफल भएको बताए ।

तीन दिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नुभएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफुलाई जानकारी भएको बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिवद्धय रामप्रसाद थपलिया र सुरेश आचार्यले शुभकामना व्यक्त गरेका छन् ।