१६ कार्तिक २०८३, सोमबार

नेपाललाई जापानले कोरोनाविरुद्धको १६ लाख डोज खोप दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । जापान सरकारले नेपाललाई कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ ।

काठमाडौँस्थित जापानी दूतावासका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले खोप प्रदान गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलनमार्फत जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् । मध्य जुलाई देखि अगस्ट अन्त्यसम्म खोप नेपाल ल्याइने जापानी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जापानी राजदूत किकुता युतुकाले नेपालको कोभिड महामारीविरुद्ध जापान सधैँ साथमा रहेको जनाउँदै नेपाल र जापानबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको जनाएका छन् ।

सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड लगाएका नागरिकलाई लगाउन जापानमा बनेको अस्ट्राजेनेका खोप महत्वपूर्ण हुने समेत जापानले जनाएको छ ।

जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

जापानले मंगलबार नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने जनाएको थियो । सोही हिस्साबाट नेपालले खोप प्राप्त गर्न लागेको हो ।