७ कार्तिक २०८३, शनिबार

देउवाको सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री बन्दै उपेन्द्र यादव

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । विभाजित अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज गठन हुने सरकारमा जसपा यादवको नेतृत्वमा सहभागी हुन लागेको हो ।

सर्वोच्च अदालतले सोमबार संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो ।

सोही फैसलाबमोजिम आज नयाँ सरकार गठन हुन लागेको हो ।