काठमाडौं, २९ असार । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहक महानुभावहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित अफर ल्याएको छ ।
यस अफरअन्तर्गत नबिल बैंकले ३७ दिनसम्म नया“ व्यक्तिगत बचत खाताहरूमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अफर असार २८ गतेदेखि भदौ १ गतेसम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरूमा मात्र उपलब्ध भएको हुनेछ ।















प्रतिक्रिया