७ कार्तिक २०८३, शनिबार

चोलेन्द्र शमशेर ‘दोस्रो खिलराज रेग्मी’ बन्ने डिजाइनमा सर्वोच्चको फैसला : पूर्वमन्त्री बस्नेत

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा दोस्रो खिलराज रेग्मी बन्ने डिजाइनअनुरुप सर्वोच्च अदालतको फैसला आएको दाबी गरेका छन् ।

विद्यमान परिस्थितिमा अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए पनि कालान्तरमा निर्दलीय सरकारको नेतृत्व चोलेन्द्र शमशेर जवराले गर्ने बस्नेतको भनाइ छ । सर्वोच्चले देउवालाई प्रधानमन्त्री तोके पनि संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मुलुक अब अस्थिरता र निर्दलीय व्यवस्थातिर उन्मुख भएको उनको भनाइ छ ।

‘नेकपा एमाले अलमस्ट मिलिसकेको छ, यस्तो अवस्थामा शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाउन सक्ने अवस्था छैन,’ बस्नेतले भने, ‘त्यसपछि अस्थिर राजनीतिको फाइदा उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्र श्रीमान चुनावी सरकारको प्रमुख बन्ने खतरा छ ।’