
काठमाडौं, २८ असार । हिजो आइतबारका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्दैछ ।
उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउने कार्यदल सदस्यहरूको तयारी छ । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो ।
हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।















प्रतिक्रिया