२९ आश्विन २०८३, बिहिबार

हङकङमा गुरुङको शानदार जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् ।

समितिको १२औं अधिवेशनबाट शानदार मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले ९७ मत पाएका छन् ।

गुरुङले सभापतिका प्रतिस्पर्धी गोविन्द रानालाई पराजित गरेका हुन् । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उप–सभापति रहेका थिए ।

नेपालमा गुरुङको घर पर्वत जिल्लामा पर्छ । कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाण निकट मानिन्छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुन केही हप्ता बाँकी रहेका बेला देउवा–खाण निकटका गुरुङले सभापतिमा शानदार जित हासिल गरेका छन् ।