काठमाडौं, २८ असार । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरूको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।
नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरूको लागि ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ ।
सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने बताएका छन् ।















प्रतिक्रिया