७ कार्तिक २०८३, शनिबार

वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलाइसिस युनिट उद्घाटन (फोटोफिचर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । वीरेन्द्र अस्पताल छाउनीले हेमोडाइलासिस युनिट सञ्चालनमा ल्याएको छ ।

उक्त युनिटको आज आइतबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । २०७६ पुस २ गते नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच हेमोडाईलाईसिस (मिर्गौला सम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारीअनुरुप हेमोडाइलाइसिस युनिट स्थापना गरिएको हो ।

काठमाडौं महानगरपालिकाबाट प्राप्त भएको रू. ३ करोड रकमबाट हेमोडाईलाईसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडाईलाईसिस मेसिन गोटा ८, रिप्रोसेसिङ मेसिन थान १, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको छ । त्यस्तै उक्त युनिट सञ्चालनका लागि आवश्यक ७ जना जनशक्तिको पनि व्यवस्थापन गरिएको छ ।

त्युमध्ये १ जना एमबीबीएस डक्टर, ३ जना नर्स, १ जना पारामेडिक, १ जना क्लिनर र १ जना फोकल पर्सन छन् । उत्तः जनशक्ति महानगरपालिकाले नै व्यवस्थापन गर्ने बताइएको छ ।

साथै, उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मिर्गौलाका ‘सेरो नेगेटिभ’ बिरामीहरुलाई निःशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजना अस्पतालको छ । जसअनुसार ८ वटा हेमोडाईलाईसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सक्ने क्षमता छ ।

थप तस्वीरहरू–