३ कार्तिक २०८३, मंगलबार

यूनाइटेड फाइनान्सलाई प्राप्ती गरी नबिल बैंकले आजदेखि थाल्यो एकीकृत कारोबार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गरेर आज आइतबारदेखि एकीकृत कारोबार शुरू गरेको छ ।

प्राप्तीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेसँगै आजदेखि एकीकृत कारोबार थालेको नबिल बैंकले जनाएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्ı प्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी रू. १३ अर्ब ८४ करोड पुग्ने छ भने कुल पूँजी कोष रू. ३२ अर्ब ६८ करोड हुने छ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भइ १३५ र एटीएम संख्या १८३ वटा पुग्ने छ ।