काठमाडौँ। एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार र बिहीबारको आमहड्ताल फिर्ता लिएको छ ।
मंगलबारको आमहड्तालको समिक्षा गर्न बसेको मोर्चाको बैठकले बुधबार र बिहीबारको आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगी व्यवसायी र जनसमुदायको आग्रह अनुसार आफूहरुले नयाँ ढंगबाट आन्दोलन गर्न आमहड्ताल फिर्ता लिएको बताउनुभयो ।
















प्रतिक्रिया