१६ कार्तिक २०८३, सोमबार

एमाले कार्यदलको बैठक सुरु, आजै ठोस सहमति हुने अनुमान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ ।

शनिबार नेता माधवकुमार नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै पार्टीका विवाद समाधानका लागि बैठक सुरु भएको हो ।

नेपाल पक्षका नेताहरुले कोटेश्वरमा छलफल गरेपछि मात्रै कार्यदलको बैठकमा सहभागी भएका हुन् ।

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।

बैठक ५ बजेदेखि सुरु भएको हो ।

कार्यदलको दुवै पक्षका नेताहरुले आजको बैठकले सहमतिको अन्तिम खाका तयार गर्ने बताउँदै आएका छन् ।

एमालेभित्रको विवाद अब कता जान्छ भन्ने विषयमा आज केही ठोस निर्णय हुने अनुमान गरिएको छ ।