
काठमाडौं, २६ असार । विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले गर्ने भनिएको मार्चपाससहित प्रदर्शन स्थगित भएको छ ।
एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि प्रदर्शन रोकिएको हो । अपराह्न ३ बजे युवा संघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएको थियो ।
तर, पार्टीको निर्देशनपछि स्थगित भएको युवा संघले जनाएको छ । वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध सडक प्रदर्शन गर्न लागिएको थियो ।
उनीहरूले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका थिए ।















प्रतिक्रिया