७ कार्तिक २०८३, शनिबार

एमालेभित्र हुनै लागेको एकता बिथोल्न प्रचण्ड सक्रिय, माधव नेपाललाई ओलीसँग नमिल्न सल्लाह

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेकपा एमालेभित्र लामो समयदेखि उत्पन्न विवाद विभिन्न पयासप्रछि मिल्नै लागेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बिथोल्न तल्लिन देखिएका छन् ।

उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटगरी केपी ओलीसँग नमिल्न र मिल्दा ओलीले धोखा दिने चेतावनी समेत बारम्बार दिँदै आएका छन् । यसैबीच शनिबार पनि नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रचण्डले नेपाल समूहलाई ओलीले पुनः धोखा दिन लागेको भन्दै एकतामा बिचार पुर्याउन चेतावनी दिएको स्रोतले बताएको छ ।

‘केपी शर्मा ओलीले तपाईंहरूलाई फेरि पनि धोखा दिन सक्छन्, चनाखो रहनुस्,’ शनिबारको भेटमा प्रचण्डले नेता नेपाललाई भनेको स्रोतले दाबी गरेको छ । प्रचण्डले प्रधानमन्त्री ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपाललाई सुझाव दिएको स्रोतको दाबी छ ।

दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरेका छन् । ‘ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्,’ प्रचण्डले माधव नेपाललाई भनेका छन् ।