
काठमाडौं, २६ असार । नेकपा एमालेका वरिष्ठ नेता नेता माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
पार्टीभित्रको एकता कायम राख्नका लागि गठित कार्यदलले एमालेलाई एकढिक्का राख्न सहमति गरिसकेको खबर बाहिर आइरहेका बेला नेपाल र दाहालबीच भेटवार्ता भएको हो । भेटमा एमालेभित्रको एकताको विषयमा समेत छलफल भएको बताइएको छ ।
आज शनिबार दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भेट भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइए पनि विशेष गरेर एमालेभित्र सहमतिनजिक पुगेको विषयहरूमा गहन रुपमा छलफल भएको बताइएको छ ।
एमाले भित्रको विवाद मिलाउन केही दिन यता विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ । शुक्रबारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका थिए ।
एमालेको वार्ता निष्कर्षमा पुग्न लागेका बेला प्रचण्ड–नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया