
काठमाडौं, २६ असार । विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपालले आज प्रदर्शन गर्ने भएको छ ।
वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध सडक प्रदर्शन गर्न लागिएको युवा संघले जानकारी दिएको छ । उनीहरुले आज शनिबार दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने बताएका छन् ।
उनीहरूले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेको पनि बताएका छन् ।
सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनबिरुद्ध युवासंघले सडक प्रदर्शन हुन लागेको हो ।















प्रतिक्रिया